
झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् ।
लिङ्देनले झापा–३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन् । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ ।
सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् ।
सिटौला अघिल्लो निर्वाचनमा पनि लिङ्देनसँग पराजित भएका थिए ।











