Logo
Logo

एमाले धादिङमा असन्तुष्टि, पूर्वअध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी


5.2k
Shares

धादिङ । नेकपा एमाले धादिङका पूर्वअध्यक्ष नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ (क)मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकिय सचिवको भूमिकामा काम गरेका थिए । झण्डै चार दशक अघिदेखि सक्रिय राजनीतिमा रहेका पौडेलबाट अघिल्लो निर्वाचनमा टिकट खोसिएको थियो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट टिकट पाएपनि अन्तिम समयमा पार्टीले राजेन्द्र पाण्डेका लागि निर्णय गरेको थियो ।

पौडेलले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र भएको अन्यायविरुद्धको लडाईं भएको बताए । उनी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्