नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । आइतबारपूर्वीनवलपरासी-१ बाट उम्मेदवार दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले भने, ‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्, यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’
कोइराला नवलपुर–१ बाट तीनपटक निर्वाचित भइसकेका छन् भने अहिले चौथो पटक चुनावी मैदानमा छन् ।











