
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका सन्दीपले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएका हुन् । सन्दीपलाई प्रहरीले सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
अदालतका उपस्थित भएका सन्दीपसँग न्यायाधिशले ङटनाबारे जिज्ञासा राखेका थिए । अधिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।
जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको उनको भनाइ छ ।











