
काठमाडौं । बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता नोभेम्बर १ देखि ११ सम्म हुनेछ । नेपालले पहिलो खेलमा भुटानविरुद्ध खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतियोगिताका लागि नेपालका ३० खेलाडी बन्द प्रशिक्षणमा छन् ।











