काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

त्यस्तै पछिल्ले २४ घण्टामा बाढी र पहिरोबाट १७ जना बेपत्ता भएका छन् भने १५ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् ।
बाढी र पहिरोले बितेको २४ घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको छ ।











