
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै छ ।
आयोगले उम्मेदवारलाई चिह्न प्रदान गर्ने विषयमा प्रक्रिया र मापदण्ड पनि सार्वजनिक गरेको छ । जसअनुसार कुनै क्षेत्रमा कुनै पार्टीको उम्मेदवार नै नरहे पनि उक्त पार्टी चुनाव चिह्न भने अन्य उमेदवारले पाउने छैनन् ।
यस्तै, उम्मेदवारले १ दलको चिह्नमा पाएपछि पार्टी त्यागे वा अर्को दलमा प्रवेश गरेको अवस्थामा पनि पुरानै चिह्न कायम हुनेछ ।











