Logo
Logo

काठमाडौंको नक्सालमा बीवाईडीको नयाँ शाखा


8.7k
Shares

काठमाडौं । बीवाईडी विद्युतीय गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ शोरुमको उद्घाटन गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच चर्चित हास्यकलाकार तथा बीवाईडीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले शोरुमको उद्घाटन गरे । नयाँ शोरुम काठमाडौं नक्सालस्थित नागपोखरी नजिकै रहेको छ ।

उद्घाटन कार्यक्रममा बैंकर अनिलकेशरी शाहलगायत बीवाईडीका नेपालस्थित प्रतिनिधि सहभागि थिए । उद्घाटनपछि आचार्यले बीआईडीसँग जोडिन पाउनुलाई आफूले अर्को सफलताका रुपमा लिएको बताए ।

यो ब्रान्डले नेपालमा मात्र नभएर विश्वभर नै उत्कृष्ट सेवा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्