Logo
Logo

प्रकाशमानले गरे प्रतिबद्धतापत्र सार्वजनिक


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । काठमाडौं- १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः आफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

उनले संसदमा छँदा काठमाडौं-१ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको प्रष्ट पारेका छन् । आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ ।

त्यस्तै, देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्