Logo
Logo

पत्रकार पक्राउविरुद्ध आज प्रदर्शन गर्दै महासंघ


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार पक्राउ र सञ्चार गृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध आज काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ ।

शनिबार बिहान ८ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने महासंघले जनाएको छ । शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो।

पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले यसमा प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो।

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ फेसबुकमार्फत पत्रकार पक्रिनेबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको दावी गरेकी थिइन्। पक्राउ गरिएका सबै पत्रकार रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्