Logo
Logo

अर्नब चक्रवात: आज प्रदेशमा भारी वर्षा हुने, भोलिदेखि मौसम खुल्ने


567
Shares

काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरका अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार भने देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्