Logo
Logo

बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नक्सालमा


882
Shares

काठमाडौं । साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार एक कार्यक्रम गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो ।

नयाँ शोरुमको उदघाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए ।

त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेकोभन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिएका थिए ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।’

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ

लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन् । आधुनिक फिचरले भरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ । म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्