
काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ ।
यो योजना अन्तर्गत डिशहोमका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता १ भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ जित्ने छन् । जितपुर सिमरा–१६ महान्द्रनग सखुवाघाटका राजन दाहालले १ लाख जितेका छन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्र्तरगत रहेको सखुवाघाटका सह-बितरक गीता इन्टरप्राइजका डिलरदाई राजेश थापा मगरबाट १ वर्षको रिचार्ज गरेर दाहाल लक्कि ड्रमा सहभागी भएका थिए ।
डिशहोमका एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले पुरस्कार प्रदान गरे ।












