Logo
Logo

घट्यो सुनको मूल्यः चाँदीको स्थिर


567
Shares

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य घटेको छ ।

अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटाएर ९२ हजार ५ सय तोकिएको छ । बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९२ हजार छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार १ सय ७० कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्