काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडांैको न्युरोड गेट र ललितपुरको भैँसेपाटी तथा लुभुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा संख्या चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ पुगेको जनाइएको छ ।
शाखारहित बैंकिङ, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवालगायतका विभिन्न सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।












