Logo
Logo

गठबन्धनलाई एउटै दलजस्तो ठानौँ : झलनाथ खनाल


1.3k
Shares

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन् ।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका नेता खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा ‘एउटा दल’जस्तै भएर आएको बताएका हुन् ।

चुनावी अभियानका क्रममा इलाम आएका नेता खनालले फिक्कलमा आयोजित पत्रकार सम्मेलन भने, ‘हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाईं संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्