Logo
Logo

समृद्ध पाँचथर बनाउन गठबन्धनलाई जिताउन आङ्बोको आग्रह


504
Shares

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

पाँचथर प्रदेश सभा ‘ख’का उमेदवार रहेका आङ्बोले पाँचथरका योजनाहरु पूरा गर्नका लागि पनि गठबन्धनका उमेदवारलाई अगामी मंसिर ४ गते हुने निर्बाचनमा मत दिएर बिजय गराउन आग्रह गरेका हुन् ।

चुनावी प्रचारको क्रममा पाँचथरको कुम्मयक गाउँपालिकाका विभिन्न ठाउँमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले आफूसहित गठबन्धनका उमेदवार भीष्मराज आङ्देम्बेलाई आफ्नो अमुल्य मत प्रदान गर्न स्थानीयसँग आग्रह गरेका छन् ।

आफू मन्त्री भएर पाँचथरलाई बिकास, स्वास्थ्य, शिक्षा सबै कुरामा परिवर्तन भएको भन्दै उनले अधुरो योजनलाई पूरा गर्न र समृद्ध पाँचथर बनाउन आफूसहितका गठबन्धनका उमेदवारलाई बिजयी गराउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्