काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन तिनकुनेमा शेयरधनीहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरणसमेत पारित गरेको छ ।

सभाले आव २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।
त्यसैगरी कम्पनीको सम्पत्ति दायित्व मूल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षक नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एकआपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मूल्याकंनकर्ता नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।












