Logo
Logo

एनआईसी एशिया बैंकको नाफा पौने २ अर्ब पुग्यो


630
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ ।

यस्तै, बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ ।
बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् । बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्