Logo
Logo

भक्तपुरमा निकालियो भिन्तुना र्‍याली


504
Shares

भक्तपुर । नयाँ वर्ष (नेपाल सम्वत् ११४३) का अवसरमा मंगलबार भक्तपुरमा भिन्तुना (शुभकामना) र्याली निकालिएको छ ।

च्याम्हासिंहबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो । च्याम्हासिंहबाट सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका हुँदै खौमा जगतसुन्दर मल्लको शालिका पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यापर्ण गरी र्याली टुंगिएको थियो ।

प्रत्येक वर्ष नेपाल भाषा साहित्य तःमुंज्याले नयाँ वर्ष नेपाल सम्बतका दिन यसरी र्याली निकाल्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्