Logo
Logo

तिहारमा १३ वटा डिपोबाट पेट्रोलियम बिक्री हुने


693
Shares

काठमाडौं । तिहार बिदामा पनि नेपाल आयल निगमले देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाएको बताएको छ ।

देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयबाट पेट्रोल पम्पलाई इन्धन बिक्रीको व्यवस्था गरिएको निगमले बताएको हो ।

१ नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेस प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते बिक्रीको व्यवस्था मिलाइएको छ ।

कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्री हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्