काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका पेट्रोल पम्पको हटाउने तयारी गरेको छ ।

तिहारलगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले मापदण्ड पालना गरेका र नगरका पेट्रोल पम्प छनोट गर्ने काम भइरहेको बताए ।
तिहारपछि महानगरले अवैध संरचना हटाउने काम झन् बृहत् रुपमा अघि बढाउने एसपी पाण्डेको भनाइ छ ।











