काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै समावेश गरेको बताएका छन् ।
शनिबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिवद्धता समावेश गरेको बताएका हुन् । घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको समेत उनले बताए ।

महामन्त्री शर्माले भने– ‘हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व घोषणापत्रले गरेको छ । ’
संविधानको स्वामित्व कांग्रेसले लिने बताउयँदै उनले ठूल्ठूला उपलब्धि कांग्रेसले ल्याएको र त्यसमा आवश्यकताअनुसार सानो सानो सुधार गर्ने बताए । मन्त्री भएपछि सम्पत्ति सार्वजनिक गरिने विषय घोषणापत्रमा उल्लेख भएको पनि उनले बताए ।











