Logo
Logo

कात्तिकभित्र थोक कर्जा बुझाउन सहकारीलाई ताकेता


315
Shares

काठमाडाैं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र बुझाउन अनुरोध गरेको छ ।

कोषले आज सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो ।

कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप-समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ । कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेसका ६, बागमतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् ।

त्यस्तै कर्णालीका १६ र सुदूरपश्चिमका १२ वटा सहकारी रहेका कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्