कार्तिक । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब दुई दिनमात्र बाँकी छ ।

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न दुई दिनभित्र टीभीएसको कुनैपनि दूई पांग्रे सवारी साधन किन्नुपर्ने हुन्छ । यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् ।
नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन टीभीएसका कुनै पनि दूई पांग्रे सवारी साधन किन्नुपर्ने टिभीएसले जनाएको छ । यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियल्मी सी३० स्मार्ट फोन र २५ प्रतिशत डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।












