काठमाडौं । शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ । कार्तिक १५ देखि ३० पुससम्म लागु हुने यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्केच गरी नगद प्राप्त गर्न सक्ने शौर्य सिमेन्टले जनाएको छ ।

त्यस्तै, ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाखसम्म नगद प्राप्त गर्न सक्नेछन् ।
यद्यपि सयौं संख्यामा शून्यको कुपन भए प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि लगेर जोड्न मिल्ने जनाइएको छ । साथै उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिनेछ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी, पि.एस.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको छ ।












