डडेलधुरा । डडेलधुराका दुई पूर्वजिल्ला सभापति शेरबहादुर देउवाविरुद्धको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवा डडेलधुरा पुग्नअघि उनीहरु देउवाविरुद्ध खुलेका हुन् ।

कांग्रेस सभापति देउवा बिहीबार डडेल्धुरा आउँदैछन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा निर्वाचन प्रचारप्रसारको क्रममा जिल्ला आउँदै गर्दा देउवाविरुद्ध मैदानमा रहेका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्ललाई यहाँका दुई पूर्वसभापति रामचन्द्र चटौत र शेरबहादुर ढाटले समर्थन गर्ने भएका हुन् । उनीहरूले प्रतिनिधिसभामा मल्ललाई र प्रदेशसभामा डा. तारा जोशीलाई समर्थन गरेका भएका छन् ।
प्रधानमन्त्री देउवा बुधबार नै डडेलधुरा आइपुग्ने कार्यक्रम थियो । तर, निर्वाचन आयोगको पत्रले अड्चन गरेपछि उनी बुधबार अबेर काठमाडौंबाट हिँडेका थिए । बुधबार धनगढीमै बास बसेका देउवा बिहीबार दिउँसो डडेलधुरा आइपुग्ने कार्यक्रम छ । उनी ४ दिने कार्यक्रम लिएर डडेल्धुरा आउन आउन लागेका हुन् ।












