Logo
Logo

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित


0
Shares

काठमाडौं । कप्तान सोमपाल कामीको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंगसलाई चार विकेटले पराजित गरेको छ ।

कर्णालीको जितमा सोमपालको अर्धशतकीय इनिङ निर्णायक बन्यो । सोमपालले ६२ रनको विस्फोटक अर्धशतकीय पारी खेले । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

एनपीएलमा पहिलो सिजनदेखि कर्णालीको कप्तानी सम्हाल्द सोमपालको यो पहिलो अर्धशतक हो । पवन सर्राफले ३६ रन बनाए । पवनले एक चौका र तीन छक्का प्रहार गरेका थिए । यी दुईले ६६ रनको अर्धशतकीय साझेदारी पनि गरे ।

यही साझेदारी टोलीको जितमा महत्त्वपूर्ण आधार बन्यो । साझेदारीपछि धरमराएको पारीलाई मध्यक्रमले सम्हालेको थियो ।

ओपनर अरिफुल इस्लामले ३२ रन बनाए । अविजित रहेका गुल्सन झाले २८ रन बनाउँदा दीपक डुम्रेले २० रन बनाए ।

विराटनगरका एञ्जेलो म्याथयुजले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा २५ रन खर्चिए । चरिथ अशलंका, प्रतिस जिसी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्