Logo
Logo

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री


945
Shares

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नागरिक उन्मुक्ति पार्टीले प्रतिबद्धता सार्वजनिक गरेको छ ।

रेशम चौधरी नेतृत्वको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितका ९ राजनीतिक एजेण्डा अघि सारेको छ । पार्टीको एजेण्डा वा राजनीतिक उद्देश्यका लागि अनवरत संघर्षरत रहने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं ।’

भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ हुनुपर्ने, प्रदेशको केही भूगोल सच्याउनुपर्ने, जथाभावी सडक खन्न रोक्ने, गाँस, बाँस कपासको ग्यारेन्टी गर्ने, जातीय कल्स्टरमा भएको विभेद सच्याउने उन्मुक्ति पार्टीले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्