खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै खोटाङमा पार्टी परित्याग गर्नेहरुको लर्को देखिएको छ । नेकपा एमाले र जसपाका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका रामकुमार राई ‘पासाङ’ले जसपाका रबिन खम्बूको नेतृत्वमा ३८ जना र एमाले जिल्ला कमिटी सदस्य जेपि आचार्यको नेतृत्वमा ८ जना नेता काएयकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एमालेबाट विशाल भट्टराई र सत्ता गठवन्धनबाट साझा उम्मेदवार पासाङ छन् ।











