
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको सक्रियता बढ्यो, दलका नेता कार्यकर्ता उम्मेदवारसहित गाउँ शहरमा, राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर एक गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि डडेलधुरामा ।

२. आगामी निर्वाचनको लागि निर्वाचन आयोगले सरकारलाई दियो बुँदे निर्देशन, निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न÷गराउन संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन ।

३. प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास, निर्वाचनको निष्पक्षता कायम गर्ने विषय निर्वाचन आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको भएको भनाइ, सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास ।

४. गठबन्धनको अपरिहार्यता अझै रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको भनाइ, लोकतन्त्र र संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन भएको अभिव्यक्ति ।

५. आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड, आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन आग्रह, अन्य निर्वाचनभन्दा भिन्न भएको भनाइ ।

६. थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने, चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने ।

७. रुपन्देहीमा दुई किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ, सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा १०/१२ जनाको समूहले खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ, घटनामा संलग्न अन्यको खोजी हुँदै ।

८.तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लाग्यो, नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित, ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ इनडेक्स् तीन दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित ।

९. यु–१५ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालको सानदार जित, भूटान ७–० गोलअन्तरले पराजित, वर्षा ओलीले चार गोल गर्दा सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरे, लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा ।

१०. पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, गुजरावालाको अल्लाहवाला चोक नजिकै पार्टीको र्यालीमा जाँदा गोली प्रहार, खुट्टामा गोली लागेर घाइते, गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले भनाइ ।













