Logo
Logo

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर


378
Shares

काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ । कार्तिक १५ देखि पौष ३० सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि रु १०,००० सम्मको कुपन स्क्राच गरी नगद प्राप्त गर्न सक्ने जनाएको छ ।

त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख सम्म नगद प्राप्त गर्न सक्ने छन् ।

यद्यपि सयौं संख्यामा शून्यको कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि लगेर जोड्न मिल्नेछ । साथै उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिनेछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्