Logo
Logo

सिटीजन्स बैंकका ग्राहकलाई च्याटबाटै बैंकिङ सेवा


441
Shares

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवा डिजिटलाइज गर्ने क्रममा ग्राहकका लागि वेबसाइटमार्फत च्याटबाट सेवा ‘सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ ।

नयाँ सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबाट सेवा सिटिजन्स साथीमार्फत गर्न सक्नेछन् । साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।

सिटीजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट करिब १४ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्