Logo
Logo

जर्मनीले घोषण गर्‍यो विश्वकप खेल्ने टोली


1.6k
Shares

एजेन्सी । फिफा विश्वकपको ४ पटकको च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक हान्सी फ्लिकले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

उनले मारिओ गोट्जेसँगै युवा फरवार्ड युसुफा मौकोकोलाई टोलीमा समेट्द अनुभवी डिफेन्डर म्याट्स हमल्सले भने टोलीमा स्थान बनाउन सकेनन् । युवा फरवार्ड करीम एडेयेमी, जमाल मुसियाला र डिफेन्डर आर्मेल बेला कोच्यापले पनि अन्तिम टोलीमा स्थान बनाएका छन् । चोटका कारण फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मार्को रिउस टोलीमा पर्न सकेनन् ।

विश्वकपमा जर्मनी समूह ई मा रहेको छ । जर्मनीको समूहमा स्पेन, कोस्टारिका र जापान रहेका छन् । जर्मनीले पहिलो खेल २३ नोभेम्बरमा जापानसँग खेल्नेछ ।

२६ सदस्यीय अन्तिम टोली

गोलरक्षक : म्यानुएल नोएर, मार्क आन्दर टेर स्टेगन, केभिन ट्रयाप

डिफेन्डर : आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडीगर, निको स्लोटरबेक, निकलस सुल

मिडफिल्डररफरवार्ड : करीम एडेयेमी, जुलियान ब्रान्ट, निकलस फुलक्रुग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर, लेरोय साने

प्रतिक्रिया दिनुहोस्