Logo
Logo

एउटै उपकरणमा कुकटप र ओभन, माइडियाको कुकिङ रेन्जमा के छन् विशेषता ?


0
Shares

काठमाडौं । चाडपर्वको समयमा पारिवारिक भोज तथा विभिन्न परिकार तयार गर्न सहज बनाउने उद्देश्यले विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडिया (Midea) ले आफ्ना फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा दशैं–तिहार विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधि, बहुउपयोगी सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज नेपाली बजारमा उपलब्ध गराएको हो ।

माइडियाका फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा कुकटप र ओभनको सुविधा एउटै उपकरणमा समावेश छ । यसले चाडपर्वका बेला एकैपटक विभिन्न परिकार तयार गर्नुपर्ने व्यस्ततालाई सहज बनाउने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा माइडियाका FSC-600BX र FSC-6016ES गरी दुई मोडल उपलब्ध छन् । FSC-600BX मा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने FSC-6016ES मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ । दुवै मोडलमा चारवटा ग्यास बर्नर रहेका छन्, जसले विभिन्न तापक्रममा खाना पकाउन सहयोग गर्छन् ।

यी कुकिङ रेन्जमा कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल र पुश–बटन इग्निसनजस्ता सुविधा छन्। ठूलो ओभन क्याभिटी, र्‍याक राख्न मिल्ने संरचना तथा स्टेनलेस स्टिल फिनिसले बेकिङ, रोस्टिङ र दैनिक खाना पकाउन थप सहजता प्रदान गर्छ । दुवै मोडलमा दुई वर्षको वारेन्टीसमेत उपलब्ध छ ।

दशैं–तिहारको अवसरमा यी उत्पादन खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । अफरमा कम्पनीका लागू सर्तहरू रहनेछन् । चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा माइडियाका उत्पादन बिक्री गर्दै आएको छ । ग्राहकले आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका कुकिङ रेन्जसहित विभिन्न घरेलु उपकरण खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्