दाङ । सञ्चारकर्मी, गायिका हुँदै राष्ट्रियसभा सदस्य बनेकी कोमल वली अहिले प्रतिनिधिसभा सदस्य भएर संसद छिर्ने दाउमा छिन् । तर, उनले सोचेजस्तो प्रतिनिधिसभा सदस्य बन्न सहज छैन ।
दाङ निर्वाचन क्षेत्र नमबर ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कोमल यतिखेर चुनावी प्रचारमा व्यस्त छन् । तर, उनी आफै पनि चुनाव जित्छु भन्नेमा विस्वस्त छैनन् । त्यसको प्रमख कारण हो, सत्ता गठकन्धनको चुनावी तालमेल ।
केही दिनअघि मतदातासँग कोमलले एमालेलाई जिताउन आग्रह गर्दै भनेकी थिइन्, ‘गठबन्धनको अगाडि चुनौती छ । तैपनि एमालेलाई जिताउन लाग्नुहोला ।’

दाङ– मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन् । विगतमा शंकर पोखरेलसँग समेत चुनाव लडेका उगिरि लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।
संसदीय राजनीतिमा अनुभवी रहेका गिरिसँग प्रतिस्पर्धा गर्नु कोमलका लागि आफैँमा चुनौती बनेको छ भने अर्कातिर गिरिलाई गठबन्धनको बलियो साथ पाएका छन् ।
राष्ट्रियसभा पूर्वसदस्य कोमललाई राजनीतिमा उदाएको धेरै भएको छैन । दाङ टिकरीकी कोमलले सुरुमा राप्रपा रोज्दै राजनीतिमा उदाएकी हुन् । कोमल २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् । त्यसपछि एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो । ‘बिच’बाट छिरेर राष्ट्रियसभा सदस्य पद पाएकी कोमलका लागि प्रत्यक्ष चुनाव लड्नु अहिले फलामको चिउरा सरह भएको छ ।
यो चुनावप्रति कामेलको आशा भनेको स्थानीय निर्वाचनको नतिजा हो । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले कोमल हौसिएकी छन् । तर, अहिले त्यो अवस्था छैन । प्रतिनिधिसभा र स्थानीय तह निर्वाचन फरक हुन् ।
स्थानीय मतदाताका अनुसार पनि कोमललाई चुनाव जित्न चुनौती छ । चुनावी प्रचार र अहिलेसम्म चुनावी माहोल हेर्दा गिरिको पक्ष बलियो देखिन्छ । दाङ–३ का एक जना मतदाता भन्छन्, ‘कडा प्रतिस्पर्धा हुन सक्छ । तर, नतिजा गठबन्धनतिर जाने संकेत देखिन्छ ।’
उक्त क्षेत्रका मतदातामध्ये एक हुन् मिथुराम चौधरी । उनको भनाइअनुसार पनि कोमलको पक्षमा मतदाताहरु अझै अन्योलमा छन् । उनले भने, ‘कोमल वलीले मत माग्दा आफूलाई नभएर केपी ओलीलाई जिताउन आग्रह गर्दै आएका छन् । हामीले कोमल वलीलाई मत दिने कि केपी ओलीलाई । एमालेलाई दिने कि केपी ओलीलाई ?’
त्यसो त दाङमा मात्र होइन, एमालेका अधिकांश उम्मेदवारको भोट माग्ने शैली यस्तै छ । उनीहरुले भोट माग्दा एमाले समेत नभनि केपी ओलीको नारा लगाउँदै आएका छन् । तर, दाङका सवैसाधारण मतदाता भने यसैमा झुक्किएका छन् । उनले भने ‘पार्टी ओली कि एमाले हो ?












