काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१औँ शाखा उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् ।

यो सँगै प्रदेश नं. १ मा एभरेष्ट बैंकको शाखा सञ्जाल १८ पुगेको छ । बैंकले सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेचिनगर नगरपालिकाको फोहर व्यवस्थापनको सहयोगार्थ सो नगरपालिकाका मेयर बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।
यस बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२१ शाखा सञ्जाल, तीन एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालय, १५६ एटिएमसहित बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।












