Logo
Logo

नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर


756
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ ।

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने छ । यो अफर आइतबार आजदेखि मंसिर ११ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफर प्रयोग गर्नका लागि मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्