Logo
Logo

आन्तरिक राजश्व विभागको महानिर्देशका कुँवर


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, १३ भदौ ।
सहसचिवका लागि सबैभन्दा आकर्षक पोष्टिङ मानिने आन्तरिक राजश्व विभागको महानिर्देशकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरको सरुवा गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका कुँवरलाई अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशकमा पठाउने निर्णय गरेको हो । आन्तरिक राजश्व विभागका हालका महानिर्देशक विष्णु नेपाललाई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।
लामो समय प्रधानमन्त्री कार्यालयमा प्रवक्ता भएका कुँवर सत्तारुढ नेकपा निकट मानिन्छन् । तत्कालिन एमाले निकट कर्मचारी संंगठन नेपाल निजामती कर्मचारी संगठनका उनी पूर्व अध्यक्ष समेत हुन् । प्रधानमन्त्रीकै रोजाईमा उनी विभागको महानिर्देशक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्