Logo
Logo

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड


252
Shares

धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ बाट गठबन्धनका उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको हो ।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको से १ च १५९० नम्बरको गाडीमाथि तोडफोड भएको हो । उक्त तोडफोडबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्