Logo
Logo

युएईसँग नेपाल पराजित


1.3k
Shares

काठमाडौं । पहिलो ओडिआई खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित क्रिवि मैदानमा सोमबार भएको खेलमा नेपाल युएईसँग ८४ रनले पारजित भएको हो । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्रै जोड्यो । नेपालको लागि दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रन जोडे । अन्य ब्याटम्यन्सले राम्रो प्रदर्शन गर्न सकेनन् ।

आसिफ शेखले १२ रन जोड्दा ज्ञानेन्द्र मल्ल शून्य रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल एक रनमा बोल्ड आउट भए । त्यस्तै हरिशंकर शाहले ८ रन जोड्दा कुशल भुर्तेलले ६ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्तफाले ५३, मोहम्मद वासिमले ४४, कप्तान सिपी रिजवानको दुई रन, वृत्य अरविन्दले १८ रन जोडेका थिए ।

नेपालको लागि गुलशन झाले २ विकेट लिए । सोमपाल कामीले, दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेपालले दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्