Logo
Logo

३४ प्रतिशतले बढ्यो नेशनल लाइफ इन्स्यारेन्सको नाफा


378
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.०१ प्रतिशत बढेर ११ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६७ लाख मात्र खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.२५ प्रतिशत बढेर ४ अर्ब १८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क २७ प्रतिशत बढेर ४ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी ५.२६ प्रतिशत बढेर २ अर्ब ११ करोड ९९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १९ प्रतिशत बढेर ४ अर्ब ३ करोड रुपैयाँ, जगेडा कोष १५.५८ प्रतिशत घटेर ७७ करोड २५ लाख रुपैयाँ, जीवन बीमा कोष १९.७८ प्रतिशत बढेर ५३ अर्ब ७७ करोड रुपैयाँ र महाविपत्ती कोष २० प्रतिशत बढेर ३६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको भुक्तानी हुन बाँकी रकम ७४ करोड ८३ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अभिकर्ताहरुलाई ४१ करोड ८४ लाख ५७ हजार रुपैयाँ कमिशन र ब्यवस्थापन खर्चमा २४ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनवापत १२ करोड ५४ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आम्दानीबाट ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९ पैसा छ भने मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्