
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
सोमबार प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।














