सिन्धुपाल्चोक । सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा द्ुई दिनअघि नै गृह जिल्ला आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् ।
दुई संविधानसभासहित तीन प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर ह्याट्रिक जित निकालेका सापकोटा यस पटक चुनावी मैदानमा छैनन् । पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, यस पटक उनले उम्मेदवारी दिएनन् । उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरेपनि युवालाई अवसर दिनुपर्ने भन्दै मैदान छोडिदिएका थिए ।














