Logo
Logo

चुनावपछि पनि गठबन्धन टुट्दैन :प्रचण्ड


567
Shares

चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्ध्न नटुट्ने बताएका छन् । भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेपछि प्रचण्डले यस्तो बताएका हुन् ।

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको प्रचण्डले भने, ‘अहिलेको गठबन्धन चुनावपछि पनि ट्ट्दैन ।’ उनले अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भइनसकेको पनि बताए ।

उनले गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै भने– ‘मैले चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्