काठमााडौं । नेकपा माओवादी केन्द्रकी नेता एवं उर्जामन्त्री पम्फा भुसालले आफ्नो जीत सुनिश्चित रहेको बताएकी छन् । ललितपुर–३ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी उनले मतदान गरेपछि यस्तो दावी गरेकी हुन् ।

ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेपछि मनत्री भुसालले भनिन्, ‘मतदान गर्दा निक्कै उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ ।’
उनले निर्वाचनले सबैलाई उत्साह दिएको बताइन् । यो निर्वाचन आफ्नो प्रतिनिधि छान्नका लागि भएको भन्दै मतदान गर्न पाउँदा सबै खुसी भएको उनको भनाइ छ ।














