Logo
Logo

स्याङ्जाको वालिङमा मतदान रोकियो


1k
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान रोकिएको छ । वालिङ नगरपालिका वडा नम्बर–६ स्थित एक्लेपिपल मतदान केन्द्र ’ख’मा मतदान रोकिएको निर्वाचन कार्यलयले जनाएको छ ।

प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेका कारण मतदान केही बेरका लागि रोकिएको हो । उक्त केन्द्रबाट प्रतिनिधिसभातर्फका ७ मत प्रदेशसभातर्फको मतपेटिकामा खसेको हो । अहिले सर्वदलीय बैठक बसेर पुनः मतदान सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्