Logo
Logo

पाल्पाको तानसेनमा खसेकाे मत रद्ध गरी पुन: मतदान


819
Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिका-६ अन्तर्गत जनप्रिय मावि मतदान केन्द्रमा आज बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको थाहा पाएपछि विवाद भएको भएको थियो । ६८ मत खसेपछि मतपेटिका साटिएको पत्ता लागेपछि ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने प्रमुख निर्वाचन अधिकृत लक्ष्मी कुँवरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्