हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ ।
यहाँका वडाध्यक्षले ‘वारेसमा मतदान गर्छु’ भनेपछि सत्ता गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । हुम्ला निर्वाचन अधिकारी श्याम रानाका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ ।
उनले अहिलेसम्म जिल्लाभर २० प्रतिशत मत खसेको बताए । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ ।














