
काठमाडौं । पूर्वी नवलपरासीमा अपरान्ह पौने २ बजेसम्म ३० प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्र्तगत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ७८ हजार १ सय ३८ मत खसेको हो ।
यस जिल्लामा २ लाख ६० हजार ४ सय ६१ मतदाता छन् । यहाँका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन खधिकृतको कार्यालयले जनाएको छ ।














